लुम्बिनी अञ्चलका छ जिल्लालाई समावेश गरी लुम्बिनी प्रदेश कायम हुनुपर्ने माग राख्दै आज नवलपरासीमा बृहत शान्ति र्याली प्रदर्शन गरिएको छ ।
अखण्ड नवलपरासीको मागसहित लुम्बिनी अञ्चलका जिल्लालाई समाबेश गरी लुम्बिनी प्रदेश कायम हुनुपर्ने माग राख्दै परासीमा बृहत शान्ति र्याली प्रदर्शन गरी शान्तिसभा गरिएको हो।
शान्ति र्यालीको अगुवाई पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले गरेका थिए। परासीको बाईपासरोडबाट सुरुभएको र्याली नगरका विभिन्न भाग परिक्रमा गरी आँखा अस्पताल अगाडि शान्तिसभामा परिणत भएको थियो ।
सभामा बोल्ने वक्ताले हालको छ प्रदेशको संरचनामा नवलपरासी जिल्लालाई खण्डित गरिएकोप्रति आक्रोश व्यक्त गर्दै अखण्ड नवलपरासी र लुम्बिनी प्रदेश कायम नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका थिए। रासस