भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारसित मिलेर कोशी नदीले निम्त्याउने समस्या समाधान गर्ने बताएका छन्।
मंगलबार भारतको बिहार आएका प्रधानमन्त्री मोदीले २०६५ साल भदौमा कोशीको पूर्वी तटबन्ध भत्किएको स्मरण गर्दै अब त्यस्तो विपद दोहरोरिन नदिने प्रतिबद्धता जनाए।
बिहारको सहरसामा चुनावी सभालाई सम्बोधन गर्दै नेपाल सरकारसँगको सहकार्यमा बाढीको समस्या समाधान गरिने बताए।
उनले आफू प्रधानमन्त्री भएपछि नेपालसँगको सम्बन्धमा सुधार आएको दाबी गरे।