सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई–मधेस सद्भावना पार्टी सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बैठकले तराई–मधेस–थरुहटमा अनिश्चितकालीन बन्द हुने निर्णय गरेको छ।
प्रतिगामी ६ प्रदेशको मस्यौदा संविधानको विरुद्धमा साउन ३१ र ३२ गते मोहन वैद्य नेतृत्वको ३३ दलीय मार्चासहित बन्द आह्वान गरेको मोर्चाले यस्तो निर्णय गरेको हो। तर काठमाडौं उपत्यका र पहाडी–हिमाली जिल्लाहरुमा भने आज ४:०० बजेदेखि खुला रहने निर्णय भएको छ।
देशव्यापी बन्द कार्यक्रमको क्रममा पक्राउ परेका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई विना शर्त रिहा गर्न समेत बैठकले आग्रह गरेको छ।