गत शनिबा मध्यरातमा चार दलका प्रमुख शीर्ष नेताहरूले हस्ताक्षरित गर्दै ल्याएको ६ प्रदेश को खाकाको मस्यौदा मोरङ को बेलबारिमा पनि जलाएको छ।
पूर्व-पश्चिम् लोक मार्गमा सङघीय समाजबादी फोरमले खाका जलाएको हो। मदेश आन्दोलन, आदिवासी आन्दोलन, जनआन्दोलन २ ले स्थापित अन्तरिम संविधान बिपरित आएकोले औचित्यहिन खाका जलाएको फोरमका जिल्ला उपाध्यक्ष केशरमान गुरुङले जनाए।
फोरम सचिव राछमी किँरातिले जिल्लाका ९ वटै निर्वाचन क्षेत्र ६ प्रदेश सहितको खाका जलाइने कार्यक्रम रहेको बताए। सङघीय समाजवादी फोरमसहित तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, तराई मधेस सदभावना पार्टी, सङघीय लिम्बुवान पार्टी लगायतले प्रारम्भिक मस्यौदा विरुद्ध आन्दोलन गरिरहेका छन्।