एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयताको नक्शा परिवर्तन गर्न सकिने हुनाले सबै नेपाली नागरिकलाई धैर्यका साथ राजनीतिक प्रतिक्रिया दिन आग्रह गरेका छन् l
नेपाल पत्रकार महासंघका पदाधिकारी सँग सोमबार भएको भेटमा दाहालले उक्त कुरा बताएका हुन l
‘सिमांकन हेरफेर हुन सक्छ l त्यसैले धैर्यका साथ प्रतिक्रिया दिनुस्l अत्तालिनु हुँदैन,’ दाहालले भने, ‘यो ऐतिहसिंक परिघटना भएकाले जनताबाट प्रतिक्रिया आउनु स्वाभाविक हो l तर प्रतिक्रिया दिँदा धैर्य हुनुपर्छ भन्ने मेरो आग्रह हो l‘
महासंघ सदस्य दिपेन्द्र कुँवरका अनुसार, दाहालले संवाद समिति र विशेष समिति यथावत रहेकाले संघीयताको नक्शामा पुनर्विचार गर्ने बाताए l‘विवादित विषय विशेष समितिमा उठाएर छलफल गर्छौं l यसका लागि सबै संयमित हुनुपर्छ,’ दाहालले भनेl
अहिले भएको असन्तुष्टिबाट ‘प्रतिगामी’ले फाइदा उठाउन सक्ने हुँदा सबै पार्टीका कार्यकर्ता सचेत हुनु पर्ने पनि उनले बताएl ‘सबै कार्यकर्ताले आ-आफनै पार्टीको च्यानलबाट सुझाव पठाउनु होलाl हामी छलफल गर्छौं,’ उनले भनेl
आजै झापा जिल्ला भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पनि सिमांकनका विषय पुनर्विचार गर्ने बताएका थिएl उनका अनुसार प्रमुख दलले असन्तुष्ट पक्षसँग वार्ता गरिरहेको र वार्ता पछि सिमांकन परिवर्तन गर्न सकिने बताएका थिए l