आदिवासी जनजाती नेताहरुले ६ प्रदेशको संघीयताले पहिचानको माग सम्वोधन गर्न नसक्ने बताउंदै यस्तो संघीयता नमान्ने बताएका छन l
संविधानसभा भवन नजिकै भएको उक्त प्रदर्शनमा प्रमुख दलसँग सम्वन्धित जनजाती नेताहरुको पनि सहभागिता थियो l
प्रदर्शन पश्चात भएको सभालाई सम्वोधन गर्दै एमाओवादी नेता बर्षमान पुनले आदिवासी जनजातिलाई यो संघियताको खाकाले ढोका दिएको बताए l
माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट नेता पुनले जनयुद्ध समेत लडेर आएका नेताले समेत जनजातिका मुद्धा छाडेको बताए l उनले पार्टी नेतृत्व समेत शासक बर्गमा रुपान्तरित भैसकेको बताए l उनले जनजातिको अधिकारका माओवादीले भन्दा पनि आँफैले लड्नु पर्ने बताए l