व्यवस्थापिका–संसद्, अर्थ समितिको आजको बैठकले काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको आर्थिक, भौतिक, प्राविधिकलगायत विषय अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ।
समितिका सभापति प्रकाश ज्वालाको सभापतित्वमा भएको उक्त बैठकमा निजगढ विमान स्थल र काठमाडौँ–तराई मधेस द्रुतमार्गको बजेट व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो।
संविधानसभा (व्यवस्थापिका–संसद्को कार्य सञ्चालन) नियमावली, २०७० अनुसार गठित अध्ययन उपसमितिमा कमला पन्त, केशव बडाल, गरिमा शाह, गोपाल दहित, जगदिश्वर नरसिंह केसी, विक्रम पाण्डे र शक्ति बस्नेत छन्। उपसमितिले सदस्यमध्येबाट एकजनालाई संयोजक तोक्नेछ।
काम थालेको १५ दिनभित्र उपसमितिले सम्बन्धित विज्ञ, विशेषज्ञ र प्रावधिकसँग छलफल गरेर समितिसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ। रासस