नेकपा एमालेले उत्तर दक्षिण जोडिएका ५ देखि ६ प्रदेश बनाउने प्रस्ताव गरेको छ। बुधबार सिंहदरवारमा बुधबार बसेको स्थायी कमिटी बैठकले यस्तो प्रस्ताव अघि सारेको हो। सीमांकनसहितको संविधान जारी गर्न पहल गर्ने निर्णय गर्दै एमालेले साउन मसान्त सम्ममा संविधान जारी गर्नु पर्ने बताएको छ।
जनताको सुझावलाई आधार मान्दै उत्तर दक्षिण जोडिएका ५ देखि ६ प्रदेशमा सहमतिका लागि प्रस्ताव अघि बढाउने एमालेले निर्णय गरेको हो।