उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले प्रहरीले पटक पटक आग्रह गर्दा पनि आन्दोलनकारी उत्तेजित भएर प्रहरीमाथि जाइलागेपछि बिजुलीबजार घटना भएको बुधबारको संसद बैठकमा जवाफ दिएका छन्।
‘मंगलबार राजधानीको विजुली बजारमा दलित संघर्ष समिति र दलित अधिकारकर्मीले सार्वजनिक सडकमा अवरोध खडागरेपछि सर्वसाधरणको आवागमनमा अबरोध गरे,’ उनले भने, ‘प्रहरीले पटक पटक गरेको आग्रह विपरित उत्तेजीत भएर सार्वजनिक सवारी साधनमा ढुंगामुडा गरेपछि प्रहरीमाथि जाइलाग्दा १२ जना प्रहरी घाइते भएका हुन्।’
उक्त कार्यक्रमा घाइते भएका दलित सभासद र अधिकारकर्मीको उपचार भएको उनले बताए। उक्त घटनाको सत्यतथ्य छानविन गर्न विशेष अनुसन्धान हुने भन्दै गृहमन्त्रीले भने, ‘त्यस घटनाको सत्यतथ्य सहितको भिडियो यो सदनमा पेश गर्छु।’
बामदेव गौतमको जवाफबाट असन्तुष्ट सभासद मानबहादुर विश्वकर्माले प्रहरीको ढाकछोप गर्दै गृहमन्त्रीले सदनमा गलत विवरण दिएको आरोप लगाए।
उनले उक्त घटनाको निश्पक्ष छानविन गर्न र सबै घाइतेको निःशूल्क उपचारको माग गरे। आन्दोलन गर्ने दलितहरुको अधिकारमाथि सरकारले कुनै अंकुश लगाउन लपाइने उनले बताए।