पूर्वप्रधानमन्त्री मरिचमान सिंहको बिहीबार बिहान निधन भएपछि साँझ उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार हुञ्जेल यी राष्ट्रवादी नेताको सामाजिक सञ्जाल र मिडियाहरूमा विभिन्न कोणबाट चर्चा भयो ।
सेतोपाटीका फोटो संवाददाता प्रकाश लामाले निधनपछि मरिचमानलाई उनको निवास धापासीदेखि पशुपति आर्यघाटसम्म पछ्याएका थिए ।
मन्त्रिपरिषद्को निर्णयबाट प्रहरीको एक टुकडीबाट मरिचमानको अन्तिम सम्मान दिलाउने भनिए पनि आर्यघाटमा उनका समर्थकहरूले त्यसको विरोध गरेका थिए । मरिचमानलाई दिएको सम्मान पूर्वप्रधानमन्त्रीलाई दिनेसरह नभएको भन्दै उनका समर्थकहरूले विरोध गरेका थिए ।
बिहीबार बिहान नर्भिक हस्पिटलमा निधन भएयता साँझ पशुपति आर्यघाटमा मरिचमानको अन्तिम दाहसंस्कारसम्मका तस्बिर फोटोफिचरमा हेर्नुहोस् ।
\