- शव बाहनको सुविधा
-
- शव बोक्न ८ जानको टोली
-
- शव यात्राका क्रममा बन्दुक घोप्टो पार्ने
-
- परिवारले स्वीकारेमा किरिया अवधिभरि २ जना सहयोगी
सरकारले पूर्व प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको अन्त्येष्टी सरकारी सम्मानका साथ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज (बिहिबार)को बैठकले श्रेष्ठलाई अरु पूर्व प्रधानमन्त्री श्रेष्ठलाई सम्मान दिने निर्णय लिएको हो ।
स्वर्गिय श्रेष्ठलाई श्रद्दाञ्जलि अर्पण गर्न धापासी पुगेर मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र गृहमन्त्री माधव घिमिरेले उक्त निर्णयबारे परिवारलाई जानकारी गराएका हुन् ।
सरकारको निर्णयले श्रेष्ठको शवयात्रा केही घन्टा पछि सुरु हुने भएको छ । ‘हामी १ बजे पशुपति हिँड्ने तयारीमा थियौं,’ श्रेष्ठका छोरा अनिलले भने, ‘सरकारी तयारीले गर्दा अव ४.३० बजेमात्र शवयात्रा सुरु हुने भएको छ ।’
मरिचमानको स्वास्थ्य उपचारमा अरु पूर्व प्रधानमन्त्रीलाई जस्तो सुविधा नदिएकाले आलोचित सरकारले अन्त्येष्टीको सम्मानमा भने चासो देखाएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठकमा गृहमन्त्री घिमिरेको प्रस्ताब अनुसार राजकीय सम्मानको निर्णय भएको हो । सरकारका प्रवक्ता माधव पौडेलका अनुसार ‘एक किसिमको राजकीय सुविधा दिने’ निर्णय भएको हो ।
पौडेलका अनुसार श्रेष्ठलाई शव बाहनको सुविधा, शब बोक्ने ८ जनाको टोली, शव यात्राका क्रममा बन्दुक घोप्टो पर्ने निर्णय भएको छ । ‘परिवारले स्विकारेमा किरिया अवधिभरि २ जना सहयोगी उपलव्ध गराइनेछ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘आर्यघाटमा प्रहरी निरिक्षकको टोलीले सलामी दिनेछ ।’