उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले केहीदिन यता सक्रिय मनसुनले विभिन्न भागमा बाढी र पहिरोले क्षति पुर्याएको बताएका छन्।
संसदको आइतबारको बैठकमा कास्की, म्याग्दी बाग्लुग, पर्वत लगायतका जिल्लामा गएको बाढी र पहिरोमा अहिलेसम्म देशभरी ११७ घर पूर्ण क्षति भएको, ९० जनाको ज्यान गउको ३८ जना वेपत्ता, घाइते ४८ भएको र पाचवटा झोलुंगे पुल भत्किएको जानकारी दिए।
ताप्लेजुंगमा शुरुमा गएको पहिरोले विभिन्न गाउँ र नगरपालिकामा क्षति पुर्याउदा ४९ जनाको निधन, २० वेपत्ता, ८ घाइते, ७५ घर पूर्ण क्षति र ९० घर आंशिक क्षति भएको र २८६ घर जोखिममा रहेको जानकारी दिए।
उपप्रधानमन्त्री गौतमले उक्त जिल्लामा पहिरो पीडितको लागि आवश्यक उद्दार तथा राहत वितरण कार्यक्रम संचालन भएको बताए। उनले त्यहाको पहिरोमा बेपत्ता भएका लाई मृतक सरह प्रति व्यक्ति ४० हजारका दरले उपलब्ध गराएको बताए।
खोटाङमा पनि पहिरोले क्षति पुगेको भन्दै साउन १३ गते परेको २८९ मिमि पानी पर्दा कास्कीको लुम्ले, भदौरेतामागि, ढुकुर पोखरीमा ३५ निधन, ४ वेपत्ता, १९ जना घाइते र २४ घर पूर्ण रुपले क्षति भएको, स्कूल भवन, खानेपानी ट्यांकी पनि क्षति भएको बताए।
त्यहाँको क्षति विवरण आउन बाँकि रहेको छ।
साउन १४ गते नै बिहान भदौरे तामागी र ढिकुरपोखरीमा गएको पहिरोको क्षति पश्चात पोखराबाट प्रहरी प्रशासनबाट उद्दारका लागि खटिएको उनले बताए। बाग्लुङ पोखरा सडक १५ गतेदेखि नै खुलाउने काम भएको छ।, पहिरो पीडितलाई अस्थायी वासस्थानमा आवश्यक राहत वितरण भएको छ। ३१ परिवारलाई सुरक्षित स्थानमा राखिएको बताए।
म्याग्दीको मुना र मुदी गाउमा ३ जना निधन, ४ वेपत्ता भएको बताए। ७० गाइ गोरुको क्षति भएको जानकारी दिए। उनले पर्वतमा पनि पहिरोले क्षति भए पनि मानविय क्षति नभएको बताए।
मनसुनलाई ख्याल गरी गृहमन्त्रालयले गएको जेठमा नै आवश्यक निर्देशन दिएको भनदै भूकम्पले भूस्खलन हुन सक्ने खतरालाई ध्यानमा राखी नदिछेउ, पहिरोको खतरा भएको स्थानमा मानिसहरुलाई नबस्न भनिएको बताए।
कतै सुख्खा छ कतै पानी घोप्टीएर जमिनले थेग्न सकिरहेको छैन। सरकारले अहिले देशभरी नै वर्षातभरी बाढी र पहिरोको खतरा भएकोले जोखिमयुक्त स्थानमा आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।