नयाँ संविधान अपाङ्गमैत्री हुनुपर्ने माग गर्दैै विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिले आइतबार र्यालीको आयोजना गरेका छन् ।
भृकुटीमण्डपस्थित राष्ट्रिय अपाङ्ग महासङ्घबाट सुरु भएको र्याली विभिन्न नारा लगाउँदै भद्रकाली पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले संविधानमा अपाङ्गता भएकालाई विभेद गर्न पाइँदैन, अपाङ्गतामैत्री संविधान जारी गर्नुपर्नेलगायतका नारा लगाएका थिए ।
महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले प्रारम्भिक मस्यौदा संविधानमा सुझाव सङ्कलन गर्ने क्रममा २४० निर्वाचन क्षेत्रबाट करिब पाँच हजारभन्दा बढी सुझाव अपाङ्गता भएकाहरुले दिएकाले आफूहरुको सुझावलाई संविधानमा समेट्नुपर्नेमा जोड दिए।
महासङ्घका महासचिव टीका दाहालले आफ्ना माग पूरा नभएसम्म चरणबद्ध रुपमा दबाबमूलक कार्यक्रम गरिरहने बताए ।
देशमा करिब ३० लाख अपाङ्गता भएकाको सङ्ख्या रहेको बताइएको छ। रासस