नेपाललाई हिन्दुराज्य कायम गरिनु पर्ने माग राख्दै हिन्दुवादी युवा दस्ताले आज सुदूरपश्चिम बन्द गराएका छन्। मोटरसाईकल सहित निस्किएको जुलुसले नगरका विभिन्न भागमा परिक्रमा गर्दै हिन्दु राज्य कायम गर, गाई मार्न पाईदैन जस्ता नारा लगाएका छन्।
बन्दका कारण सुदूरपश्चिमबाट छुट्ने कुनै पनि सवारीसाधन चल्न सकेका छैनन्। पसल र निजी सवारी साधन पूर्णरुपमा ठप्प छ।
नाराजुलुस गर्दै ठाउँठाउँमा कोण सभा समेत आयोजना गरेका छन्। कोण सभामा विभिन्न हिन्दुवादी युवा दस्ताका कार्यकर्ताहरुले वोल्दै हिन्दु राज्य कायम गरिनु पर्ने, त्यसो नभए आन्दोलन अनिश्चित हुने बताएका छन्।