फोटो :भारतीय विदेश मन्त्रालय
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको अपनत्व हुने गरी संविधान जारी गरे नेपालको हित गर्ने सुझावले मोदीले दिएका छन।
भारत भ्रमणमा रहेका नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवासँग आज अपरान्ह रेड कोर्स रोडमा भएको भेटवार्तामा सबैको अपनत्व हुने गरी संविधान जारी गर्न सके नेपालमा दिगो शान्ति र समृति हुने भन्दै सबैलाई मिलाएर संविधान जारी गर्न सुझाव दिएका हुन।
उनले विनासकारी भुकम्पबाट भएकेा क्षतिका पुर्ननिर्माणमा के भईरहेको छ भन्ने विषयमा चासो राख्दै नेपालकेा विकास निर्माणमा भारतको सहयोग र समर्थन सधै रहने आश्वासन दिएका थिए।
देउवाले नेपालमा सबैको सहमतिमा संविधान जारी गर्ने गरी सबैसँग छलफल भईरहेको भन्दै मधेसी दलहरुलाई समेत मिलाएर संविधान जारी गर्न लागि परेको बताएका थिए।
छलफलमा महाकाली सन्धी आफ्नै पालामा भएको महाकाली सन्धी कार्यान्वयनको विषय उठाएको थियो। जसमा मोदीले यसमा सकारात्मक प्रतिक्रिया दिदै नेपालको जलविद्युत निर्माणमा भारतले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।
देउवाले आफू प्रधानमन्त्री हुँदा भाजपा नेता अटल बिहारी बाजपेयी नेतृत्वको भारतीय सरकारसँग गरेको एकीकृत महाकाली सन्धी कार्यान्वयनमा भारतीय सहयोगको अपेक्षा गरेका थिए।