गोर्खाल्यान्डको मुद्दाबारे प्रमुख विपक्षी भारतीय जनता पार्टी र पश्चिम बंगालको सत्तारुढ दल त्रिणमूल कांग्रेसबीच भएको चर्को विवादले भारतीय संसद लोकसभा बुधबार स्थगन भएको छ ।
‘शून्य समय’मा भारतीय जनता पार्टीका सदस्य जसवन्त सिंहले गोर्खाल्याडको मुद्दा उठाएपछि त्रिणमूल कांग्रेसका सांसद आक्रोशित हुँदै चिच्याएका थिए । समाचार एजेन्सी आइएनएसका अनुसार त्रिणमूल कांग्रेसका सांसदले चिच्याएर सिंहलाई रोक्न खोजेपछि संसद २ बजेसम्मका लागि स्थगन भएको थियो । (भर्खरै संसद स्थगनको समय तीन बजेसम्मका लागि बढाइएको छ ।)
तेलगु देशम पार्टीका सांसदले सभामुखको पोडियम नजिकै गएर तेलंगना राज्यविरुद्ध समेत नाराबाजी गरेका थिए ।
यसअघि सर्वोच्च अदालतले मेडिकल र इन्जिनियरिङमा आरक्षण रद्द गर्ने निर्णय गरेको विरोधमा मध्यान्हसम्मका लागि संसद स्थगन भएको थियो ।
गोर्खाल्याण्ड राज्यको छुट्टै माग गर्दै आन्दोलनमा उत्रीएका गोर्खाल्याण्डका समर्थकहरुले दार्जिलिङमा बुधबारदेखि 'जन कर्फ्यू' लगाएका छन् ।
पश्चिम वंगालका मुख्यमन्त्री ममता वेनर्जीले गत शनिवार ७२ घण्टाभित्र आनदोलन फिर्ता लिन दिएको अल्टिमेटमको विरोधमा समर्थकहरुले सडकमा ननिस्किकनै घरभित्रै बसेर जन कर्फ्यू लगाएका हुन् ।
फाइल फोटो,
छुट्यो कि,