नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्तान गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै देउवाले सीमाङ्कनसहितको संविधान आउने बताएका छन्। ‘संविधान आउँछ। त्यो पनि सीमाङ्कनसहितको। केही मधेसी दलहरूसँग असहमति भएपनि उहाँहरूसँग छलफलको प्रयास जारी रहेकाले सीमाङ्कन र संघीय संविधान जारी हुनेमा ढुक्क हुनुहोस्।’
‘भारतले कांग्रेसको सभापति र नेपालको प्रधानमन्त्री चुन्ने होइन। उहाँहरूले बोलाउनु भयो त्यही भएर जान लागेको हो, सभापति र प्रधानमन्त्रीका लागि होइन’, एयरपोर्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले भने,‘ भारतमा पञ्चेश्वर आयोजना अगाडि बढाउने विषयमा पनि छलफल हुन्छ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च पदस्त भारतीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। उनी दिल्लीका साथै उत्तराखण्डको पनि भ्रमण गर्नेछन्।