नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीद्वारा गरिएको शुक्रबारको नेपाल बन्दको क्रममा बन्दकर्ताले देशका विभिन्न स्थानमा २० वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
तोडफोडमा संलग्न १९७ जना पुरुष र पाँच जना महिला गरी २०२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चार जनालाई छानबिन पश्चात रिहा गरिएको प्रहरीले जनाएको छ।
बन्दकर्ताले काठमाडौँ बालाजुमा ना३ख ४४३५ नम्बरको डिडिसी दूधको गाडी, कमलादीमा बा१ज ४३६७ नम्बरको गाडी, नेपालटारमा बा१०च ६६४० को कार, वसुन्धरामा बा५ख ८२५१, बौद्धमा बा१ज ५२५५ नम्बरको सवारीसाधन तोडफोड गरेका छन्।
त्यसैगरी ललितपुर पुल्चोकमा बा१ज ५८३६, बा१ ज ७३२२ र प्रयागपोखरीमा बा३ख ११०८ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरी क्षति पुर्याएका छन्। रासस