आर्थिक वर्ष २०७२/०७३ को वार्षिक बजेट प्रश्तुत गर्दै अर्थ मन्त्री रामशरण महतले विगतमा आर्थिक बृद्धिदर ४ प्रतिशत रहेपनि सन् २०२२ सम्म विकासशिल राष्ट्रको रूपमा लैजान आर्थिक बृद्धिदर ८ प्रतिशतमा पुग्नु पर्ने बताएका छन्। समृद्ध नेपालको तस्विर अघि राखेर आफूले बजेट निर्माण गरेको अर्थमन्त्रीले दाबी गरेका छन्।