प्रधानन्यायाधीश रामकुमार प्रसाद साह मंगलबारदेखि सेवानिवृत भएका छन्।
उनले २०७१ असोज २४ गतेबाट प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए।
उनको कार्यकालमा सूचना प्रविधिको अधिक प्रयोग गर्ने योजनाअनुरुप अनलाइन पेसी तालिका, १० बजे मुद्दा पेसीको कार्यसूची प्रकाशन, एसएमएस र इमेलमार्फत मुद्दाको जानकारी, ‘ल फर्म’बाटै रिट दर्ता गर्न सक्ने व्यवस्था, अदालतका विचौलियाका कम गर्ने प्रयासलगायत काम भएको थियो ।
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठले बुधबार प्रधानन्यायाधीशको रुपमा कार्यभार सम्हाल्दै छन्।
प्रधानन्यायाधीश साहको कार्यकाल मंगलबार अन्तिम भएकाले राष्ट्रपति डा रामबरण यादवबाट श्रेष्ठलाई प्रधानन्यायाधीशको रुपमा बुधबार नियुक्ति हुने बताइएको छ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका रुपमा सिफारिस गरेपछि श्रेष्ठलाई यही असार २४ गते संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको थियो । रासस