संघीय समाजवादी फोरम नेपालसहितका चार मधेसवादी दलले आइतबारको संविधान सभा बैठक बहिष्कार गरेका छन्।
मस्यौदामाथिको छलफल आफूहरुका लागि अर्थहीन भएको भन्दै आइतबार चार मधेसी दलका तर्फबाट बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद् सर्वेन्द्रनाथ शुक्लाले आइतबारको बैठक आफूहरूले बहिस्कार गरेको बताए।
चारदलका सभासदहरू बैठकबाट बाहिरिएपनि संविधानसभाको बैठक चलिरहेको छ।