रकम वितरणमा अनियमितता भएको नगरपालिकाको कार्यालयमा उजुरी परेपछि आज इलाका प्रहरी कार्यालय मेलम्चीमा सातजना नक्कली भूकम्पपीडितलाई उपस्थिति गराई रु एक लाख पाँच हजार रकम र नक्कली भूकम्पपीडित परिचयपत्र फिर्ता गराएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए।
बसाइँ सरेका र अनियमित तरिकाले झुक्याएर भूकम्पपीडित परिचयपत्र बनाएका मेलम्ची नगरपालिका–२ का रापबहादुर तामाङ, डोल्मा लामा, पिङ्गी तामाङ, दिनेश तामाङ, श्रीमन्डो तामाङ, वीरमान तामाङ र तारानाथ भट्टराईबाट प्रहरीले रकम र परिचयपत्र फिर्ता लिएको हो । रासस