आज ८ बजे बस्ने संविधान सभा वैठकमा उक्त मस्यौदालाई अौपचारिक रूपमा प्रस्तुत गरिने छ।
संविधानसभा सचिवालय सिंहदरबारमा सभापति सिटौलाले विभिन्न दलको फरक मतसहितको मस्यौदा आज साँझ बुझाएका हुन्।
'मस्यौदा सुरूबाट हेर्दा केही असहज भएपनि हेर्दै गएपछि खुसी लाग्न सक्छ', मस्यौदा हस्तान्तरण गर्दै सभापति सिटौलाले भने, 'सबै पार्टीका सबै कुरा यो संविधानमा अँटाउन सकेको छैन। सक्दैन पनि। अधिकतम प्रयास गरेर यो मस्यौदा बनाएर पेश गरेका छौं।’
‘नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानको मस्यौदा प्राप्त भएकोमा खुसी छु,’ सभाध्यक्ष नेम्वाङले भने ‘आजै नेपाली जनताले थाहा पाउने व्यवस्था गरिन्छ।’
सभामुख नेम्वाङले देश र जनतालाई संविधान आयो भन्ने एउटा ऐतिहासिक सन्देश गएको उल्लेख गरे। उनले मस्यौदा संविधानसभामा आजै टेबल हुने जानकारी दिए। 'ज जसका कुरा समेटिएका छैनन्। तिनलाई समेट्ने ठाउँ बाँकी राखिएको छ। आत्तिहाल्नु पर्दैन', उनले भने,‘ अरूबेला जति नै नमिलेपनि आवश्यक पर्दा सबै दलका नेता एक हुन्छन्।
मस्यौदामा केही दलले फरक मत राखेका छन् । यसरी फरक मत राख्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र केही मधेसवादी दल रहेका छन् । दलहरुबीच लामो समयसम्म संविधान निर्माणमा विषयमा सहमति हुन नसक्दा संविधान निर्माण प्रक्रियाले गति लिन सकेको थिएन ।