सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कल्याण श्रेष्ठलाई संसदीय सुनुवाई समितिद्वारा सर्वसम्मतीले अनुमोदन गरेको छ। यससँगै श्रेष्ठलाई प्रधानन्यायाधीश हुने बाटो खुलेको छ। सोमबार सिंहदरबारमा भएको संसदीय समितिमा कल्याण श्रेष्ठ बोलेपछि उनले बोलेको कुरामा कुनै पनि छलफल नै नभइ अनुमोदन भएको थियो।