एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा रहेका र संसद्मा प्रतिनिधित्व गर्ने १३ दलले मुख्य चार दलबीच भएको सहमतिलाई समर्थन गरेका छन्।
मोर्चाको मंगलबारको बैठकमा संविधान सभामा प्रतिनिधित्व गर्ने १८ मध्ये १३ दल उपस्थित भएको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले दाबी गरेका छन् ।
बैठकले माघ ५को संविधान सभामा नजाने मोर्चाको निर्णय उल्टाउँदै बैठकमा जाने निर्णय गरेको हो।
बैठकमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम, राजेन्द्र महतो नेतृत्वको सद्भावना, महन्थ ठाकुर नेतृत्वको तमलोपा, महेन्द्र यादव नेतृत्वको तमसपा र अशोक राई नेतृत्वको संघीय समाजवादी उपस्थित भएनन् ।
यी दलहरुले सोमबार राती संविधान सभाका मुख्य चार दलबीच भएको निर्णयको विरोध गरिरहेका छन्।