३० दलीय मोर्चामा अाबद्ध २८ दल मंगलबारको संविधान सभा बैठकमा जाने अथवा बहिष्कार गर्ने भन्ने विषयमा छलफलमा जुटेका छन्।
गएराती एकिकृत नेकपा माओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिक बाहेकका दलहरुको बैठक बसिरहेको सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले जानकरी दिए।
गएराति प्रमुख दलहरुबीच भएको समझदारीमा असन्तुष्ट २८ दलले सिमाङ्कन र नामाङ्कन सहितको संविधान जारी गर्नुपर्ने, समानुपातितक प्रतिशत बढाउनु पर्ने र थ्रेसहोल्ड खारेज गर्नुपर्ने अडान राखेका छन्।
संविधान सभाको बैठक मंगलबार दिउँसो ३ बजे बस्दै छ।