३० दलीय मोर्चामा आबद्ध दलहरुबीच थ्रेस होल्ड र संघियताको विषयमा चर्को विवाद भएको छ।
सोमबार साँझसम्म चलेको बैठकमा मोर्चामा आबद्ध दलहरु समानुपातिक प्रतिशत बढाउन भने एकमत भएका छन्।
एमाओवादी र विजयकुमार गच्छेदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बाहेक सबै दलहरुले प्रचण्ड र गच्छेदारलाई यस्तो सहमतिमा नजान सुझाएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए।
एमाओवादी र फोरम लोकतान्त्रिकले सहमति गरे मोर्चा विभाजन हुनसक्ने नेताहरुले बताएका थिए। बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेस त्रिपाठीले पत्रकार सम्मेलन गरी मोर्चा टुक्रिन सक्ने बताए।उनले नामाङ्कन तथा सिमाङ्कन बाहेकको संविधान र थ्रेसहोल्ड कुनै पनि हालतमा नमान्ने बताए।
सोमबार बिहान मुख्य तीन दल र मधेशी मोर्चाका शीर्ष नेताहरुबीच भएको छलफलबारे जानकारी गराउन मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोर्चाको बैठक बोलाएका थिए।