अर्थमन्त्री रामशरण महतले नुवाकोटको जस्ता प्रकरणमा आफ्नो स्वकिय सचिवको नाम जोड्नु गलत भएको बताएका छन् ।
जस्ता पाताको दुरुपयोग गरेको भनि सचिव रमेश महतलाई लगाईएको आरोप गलत भएको उनले बताए ।
जस्तापातमा उनको कुनै सम्लग्नता नभएको पनि उनले बताए । कुनै बैंकले वितरण गरेको कुरामा पार्टी सचिवको नाम जोडनु कुनियत भएको उनको तर्क छ ।