नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज कार्यविनायक नगरपालिकाभित्र पर्ने ऐतिहासिकस्थल बुङ्मतीमा भएको सरसफाइ कार्यक्रममा सहभागी भएका छन्।
भू्कम्पबाट अति प्रभावित उक्त स्थानमा फैलन सक्ने विभिन्न रोगबाट बच्नका निमित्त थालिएको सरसफाइ अभियानमा नेता ओलीले विपद्मा परेका नेपालीलाई सहयोग गर्न एमालेका स्वयंसेवक दस्ता हजारौँको सङ्ख्यामा खटिरहेको बताए। स्थलगत रुपमा खटिएका स्वयंसेवकबाट भूकम्पले धराप बनाएका घर भत्काउने र भग्नावशेषलाई हटाउने तथा पीडित परिवारलाई बस्न अस्थायी बासस्थानको निर्माण गरिरहेको जानकारी उनले दिए।
विपत्तिका समयमा जनताको मनमा लागेको घाउमा मलम लगाउन आफ्नो दलले दलीय स्वार्थलाई त्यागेर सहयोग गरेको ओलीको भनाइ थियो । नेता ओलीसँगै उपमहासचिव विष्णुप्रसाद पौडेल, नेता रघुजी पन्त, एमाले क्षेत्र नं ३ का अध्यक्ष रघुनाथ महर्जनलगायत सयौँको सङ्ख्यामा स्वयंसेवकको सहभागिता थियो । रासस,