राष्ट्रपति डा रामवरण यादवले मुलुकमा प्राकृतिक विपत्तिपछिको अवस्था र गणतन्त्र दिवसका अवसरमा आज साँझ भिडियो सन्देश दिने भएका छन्।
विगतका गणतन्त्र दिवस जेठ १५ मा लिखित वक्तव्यबाट सन्देश दिँदै आएका राष्ट्रपतिले यस पटक भिडियो सन्देश दिन लागेका उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए। सो सन्देश साँझ ७ बजे शीतल निवासबाट दिइनेछ।
भूकम्पका कारण भएको क्षतिका बारेमा केही दिनयता राष्ट्रपतिले स्थलगत अवलोकन गर्दै आएका छन्। मुलुकमा प्राकृतिक विपत्ति परेको र सरकारले मितव्ययिता अपनाउने निर्णय गरेकाले दिवसका अवसरमा विगतमा झैँ यस पटक शुक्रबार चियापानलगायत कार्यक्रम हुने छैनन् । रासस