वैशाख १२ पछि जनजीवनलाई सामान्यीकरण तर्फ उन्मुख बनाउन भूकम्प पीडित परिवारलाई अस्थायी ओतसँगै विद्यालय पनि बनाउने कार्यमा नेपाली कांग्रेसका युवा सभासद गगन थापाले १०० विद्यालय बनाउने अभियान थतालेका छन्।
‘जनजीवन सामान्य हुन सक्यो भने मात्र हामी धैर्यताका साथ पुनर्स्थापना र पुनर्निर्माणको योजना बनाउन र त्यसको कार्यन्वयन गर्न सक्छौं, थापाले भने, ‘अस्थायी ओत पहिलो आवश्यकता हो।’
नुवाकोटवाट अस्थायी घर निर्माणको अभियान थापा अहिले राजनीतिक दल, विभिन्न संघ सस्था र व्यक्तिगत रुपमा स्वयंसेवकहरू आ-आफ्नो ठाँउवाट अस्थायी घर निर्माणमा क्रियाशिल भईरहेका छन्।
यतिवेला भूकम्पवाट प्रभावित लाखौ विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएको भन्दै थापाले विद्यालयका क्षतिग्रस्त भवन निर्माण गर्ने अभियान चलाएका छन्।
सामुदायीक विद्यालयमा झण्डै ५ लाखभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा प्रभावित भएको थापाले बताए।
‘विद्यालयहरू क्षतिग्रस्त छन। अति प्रभावित जिल्लाहरूमा मात्रै ४ हजार भन्दा वढि विद्यालय प्रभावित भएका छन भने १३ हजार भन्दा वढि कक्षाकोठा पुर्ण रुपमा क्षति भएको शिक्षा विभागको तथ्याङकले देखाउँछ,’ उनले भने, ‘यो अवस्थामा सरकारले विद्यार्थीलाई विद्यालय पठाउन निर्णय गरे पनि भौतिक रुपमा विद्यालय सुरक्षित छ भन्ने विश्वास नहुँदा सम्म मानसिक रुपमा समेत हामी विद्यार्थीलाई ढुक्क संग विद्यालय पठाउन सक्दैनौं।’
‘हामी सवैले प्रयास गर्यौं र सरकारले समन्वय गर्न सक्यो भने मात्र छिटो भन्दा छिटो हाम्रा वालवालिकालाई विद्यालय पठाउन सक्छौं,’ उनले भने, ‘सरकारको मुख ताकेर मात्र सिमित स्रोत, साधन र जनशक्तिले हजारौं विद्यालय निर्माण गर्न सम्भव छैन।’
सरकारको आग्रह र यस वास्तविकतालाई मध्येनजर गरेर हामीले जेठ १० गतेदेखि '१०० विद्यालय'(Temporary Learning Centre) अभियान प्रारम्भ गरेको जानकारी दिँदै थापाले हजारौं विद्यालय क्षति भएपनि अहिलेको परिस्थितितमा १०० विद्यालयको हाम्रो अभियान निश्चय नै धेरै ठूलो होईन। तर यो शुरुवात भने पक्कै हो।
पढ्न पाएकाहरूले पढ्नवाट वञ्चित भईरहेकाहरूलाई पढ्न पठाउने अभियान संचालन गर्ने हो र स्वयंसेवी रुपमा कक्षाकोठा वनाउन क्रियाशिल हुने हो भने पक्कै पनि यस्तै अभियानले नै छिटो भन्दा छिटो वालवालिकालाई कक्षाकोठासम्म पुर्याउने थापाको विश्वास छ।
काठमाडौंको नक्साल स्थित केन्द्रीय बहिरा उच्च मा.वि वाट प्रारम्भ भएको यो अभियानले जेठ मसान्त भित्र कम्तिमा १०० स्कुल निर्माण गर्ने लक्ष्य लिएको छ।