मालीमा संयुक्त राष्ट्रसंघका एकजना शान्ति स्थापक सैनिकको हत्या भएको छ । संयुक्त राष्ट्रसंघका सैनिकमाथि भएको सो हमलामा परी अर्का एकजना घाइते भएका बताइएको छ।
मालीका एकजना सुरक्षा अधिकारीले भने– अज्ञात व्यक्तिले मालीमा कार्यरत शान्ति सैनिकमाथि गोली प्रहार गरेका छन् । गोली लागि एक शान्ति सैनिक मारिएका छन् भने एकजना घाइते छन्।
ती अधिकारीले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिएका छन् । कसले र किन गोली प्रहार गरेको हो भन्ने बारेमा भने अहिलेसम्म पनि केही पत्ता लाग्न सकेको छैन ।
मारिने एकजना र अर्का घाइते सैनिक पनि बङ्गलादेशका रहेका अधिकारीले जानकरी दिएका छन् । उनका अनुसार घाइतेलाई नजिकैको अस्पताल पुर्याइएको छ ।
सो गोलीकाण्डको कसैले पनि जिम्मेवारी लिएको छैन । मालीमा सन् २०१३ देखि राष्ट्रसंघीय मिसन खटेको छ र त्यसयतामात्र कम्तीमा पनि ४० जना राष्ट्रसंघीय शान्ति सैनिक मारिएको बताइएको छ । रासस/एएफपी