काठमाडौ महानगरपालिकाका कार्यकारी प्रमुख पूर्णभक्त तण्डुकारलाई सरकारले महानरपालिकाको प्रमुखबाट हटाएको छ। भूकम्पपछिको उद्दार, राहत लगायतका काममा तदारुकताका साथ काम गर्न नसकेकेा भन्दै सरकारले उनलाई महानरपालिकाको प्रमुखबाट हटाएको हो।
तर उनले भने स्वेच्छाले छाडेको बताएका छन्। तण्डुकारले भने ‘भुकम्पपछि गर्नु पर्ने कामहरु मेरो स्वास्थ्यले गर्दा गर्न नसक्ने देखेपछि मैले आफैं मन्त्रीज्यूलाई काम गर्न नसक्ने बताएको हो सोहि अनुसार नया कार्यकारी नियुक्त गर्न लागिएको हो।’
अहिले उनलाई पदीय जिम्मेवारी अनुसार काम गर्न नसकेको भन्दै अतिरिक्त समूहमा सरुवा गरिएको छ। तर, उनको सट्टामा कसलाई पठाउने भन्नेबारेमा भने हालसम्म स्थानीय विकास मन्त्रालयले कुनै निर्णय गरेको छैन। उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको रूचीमा उनी महानगरमा सरूवा गरिएका थिए।
सिंह स्थानीय विकास मन्त्रालयमा आएपछि तण्डुकार सहित तीन जना कार्यकारी प्रमुखहरु परिवर्तन भइसकेका छन्।