काठमाडौँ उपत्याकाबाट सिवधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले उपत्याकामा भत्किन लागेका घरहरुलाई छिटो हटाउन सरकारको ध्यानाकर्षण गर्ने भएका छन्।
काठमाडौँ उपत्याका भित्रका भग्नावषेश छिटो हटाउन, यहाँका बासिन्दालाई सुृरक्षित आवासको व्यवस्था गर्ने लगायतका माग राखेर उनीहरुले आज साँझ प्रधानमन्त्री सुशीलकोइरालासंग भेट गर्दै छन्।
तत्कालको आवश्यकता र पछि पूननिर्माण गर्ने बेला सरकारले अपनाउनुपर्ने नितिका बारे ध्यानाकर्षण गर्न प्रधानमन्त्रीलाई भेट्न जान लागेको कांग्रेस सभासद् गगन थापाले बताए।
‘उपत्याका भित्रका सबै पार्टीका सभासद्हरुले छलफल गरेर साझा धारणा बनाएका छौँ, उहाँलाई हाम्रा मागहरुबारे बुझाउने छौँ,’ उनले भने।
सबै पाटीका सभासद्हरुको संयुक्त छलफलबाट तत्काललाई साझा धारणा बनाएर यसमा सरकारको ध्यानाकर्षण गरेका हुन्।
भूकम्पले जाँदा हल्लिएर जिर्ण बनेका घरहरु काठमाडौँमा धेरै छन्। यस्ता भत्काउनै पर्ने घरहरु भत्काउनुृ पर्ने सभासद्हरुको राय छ। घरहरु भत्काउन जिम्मा पाएको सेनाको टोलीसंग साधन नभएकोले उनीहरुलाई साधनसम्पन्न बनाउनुपर्ने उनीहरुको माग गर्ने निर्णय गरेका छन्।
काठमाडौँको भित्री शहरमा घर भत्किएर विस्थापित भएका मानिसहरुले घरभाडामा पनि नपाउने र अस्थाई घर बनाउने ठाउँको पनि अभाव झेल्नु परेको छ।
उनीहरुको आवासका बारेमा सोच्न पनि सभासद्हरुले प्रधानमन्त्रीहरुलाई भन्ने छन्।
विस्थापितहरुका लागि सेल्टरको व्यवस्था गर्न सकिने सुझाव सभासद्हरुले प्रधानमन्त्रीलाई दिने थापाले बताए। उनका अनुसार ६÷७ महिनालाई पुग्नेगरि विस्थापित परिवारलाई टेन्ट दिन सकिने विकल्प पनि उनीहरुले सरकारलाई दिने छन्।
काठमाडौँमा डेरामा बस्ने तर घर भत्केर बस्न नसकेकाहरुका लागि सरकारको राहत कार्यक्रमले सम्बोधन नगरेको सभासद्हरुको गुनासो छ। यस्ता मानिसहरुका लागि सामुदायिक सेल्टर बनाउन सभासद्हरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भएका छन्।
त्यसै गरि व्यवसाय गर्नेहरुलाई पनि राहतले सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ।
काठमाडौँको पूननिर्माण गर्ने निति तय गर्दा जनताका प्रतिनिधिलाई वेवास्ता नगर्न प्रधानमन्त्रीसंग आग्रह गर्ने भएका छन्।
त्यसबाहेक, सभासद्हरुले पूननिर्माणको नीति र छलफलमा पनि सभासद् र यहाँका समुदायको सहभागीता हुनुपर्ने माग गर्ने छन्।
‘काठमाडौँ कस्तो बनाउने भन्ने विषयमा यहाँका जनताको चासो हुन्छ, त्यसैले विज्ञ÷विषेशज्ञ भन्दैमा हाम्रो सहभागीता विना पूननिर्माणको निति र छलफलसमेत नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गर्न लागेका हौँ,’ कांग्रेस सभासद गगन थापाले भने।