पर्यटन मन्त्रीमा नेकपा एमालेले कृपासुर शेर्पालाई सिफारिस गरेको छ।
दीपक अमात्यले बिहीबार राजीनामा दिएपछि एमालेले शुक्रबार पर्यटन मन्त्रीमा भोजपुरबाट संविधान सभामा निर्वाचित शेर्पाको नाम सिफारिस गरेको हो।
शेर्पालाई साँझ ५ बजे सपथ खुवाउने एमाले स्रोतले बताएको छ। शेर्पा पार्टी अध्यक्ष केपी ओली निकट मानिन्छन्। दोस्रो संविधान सभाको निर्वाचनपछि सुशील कोइरालाको नेतृत्वमा गठीत मन्त्रिमण्डलमा शेर्पा तेस्रो पर्टन मन्त्री हुन्। एमालेको भागमा परेको यो मन्त्रालयमा पार्टीले भीम आचार्यलाई पहिलोपटक मन्त्री नियुक्त गरेको थियो। पूर्व पार्टी अध्यक्ष झलनाथ खनाल निकट आचार्यलाई हटाएर उनकै पूर्व पिए अमात्यलाई नियुक्त गरेको थियो।