भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धरानमा पुत्ला दहल गरिएको छ। यहास्थित पिण्डेश्वर विद्या पिठका विद्यार्थीहरुले संयुक्त रुपमा मोदीको सोमबार भानुचौकमा पुत्ला जलाइएको हो।
महाभूकम्पले देश शोकमा डुबेका बेला मोदी सरकारले राहत वितरणको नाममा मिडियावाजी गरेको र आर्मीहरुलाई सिमा क्षेत्रभित्र गस्ती गर्न लगाइएको प्रति विरोध गर्दै पुत्ला दहन गरेको विद्यार्थी हरि नेपालले बताए। उनले भारतले जति राहत दिन्छु भनेको थियो त्योसमेत नदिई प्रोपोगाण्डामात्रै गर्न खोजेकाले त्यसको विरोधमा विद्यार्थीहरु उत्रिएको हुन्।
धरान १४ स्थित पिठ परिषरबाट निकालिएको पुत्ला नगर परिक्रमा गर्दै भानुचौकमा जलाइएको हो। भूकम्पको नाममा भारतले विस्तारवादको नीति अवलम्बन गरेको विद्यार्थीहरुको आरोप छ। कोणसभामा बोल्दै अधिकांस विद्यार्थीहरुले भारतीयहरुले सञ्चारमाध्यम मुर्दावाद लगायतको नाराबाजी गरेका थिए। राहतको सट्टा मिडियावाजी मात्रै गर्ने मोदी सरकारको विरुद्ध विद्यार्थी आन्दोलित हुनेसमेत विद्यार्थी हेमराज दाहालले बताए।