सहरी विकास मन्त्री नारायण खड्काले भूकम्प पीडितलाई मन्त्री र संविधानसभाको तलब भत्ता सहयोग गर्ने घोषणा गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै उनले भूकम्प पीडितको राहत, पूनर्स्थापना, आवास पूनर्निर्माणका लागि आफू मन्त्रीमा रहँदासम्म मन्त्री पदको र सो पदमा नरहँदा वर्तमान संविधान सभा/व्यवस्थापिका संसद रहेसम्म सभासद्को तलबमा ९ हजारमात्र बाँकी राखी सम्पूर्ण तलब दिने उल्लेख गरेका हुन।
खड्काले यसअघि मन्त्रीको तलबको ५० प्रतिशत रकम मुटु रोगीको उपचारार्थ शहिद गंगालाल अस्पताललाई दिँइदै आएकोमा वैशाख महिनाबाट भूकम्प पीडितलाई दिने पनि उल्लेख गरेका छन्।