नेपालमा आएको विनासकारी भुकम्पमा सहयोग सामग्रीसहित भुटानका प्रधानमन्त्री छिरिंङ टोब्गे आँफैं काठमाडौं आइपुगेका छन्। नेपालमा सहयोगका लागि आफैं काठमाडौँ आउने उनी पहिलो सरकार प्रमुख हुन्।
उनले प्रधानमन्त्री सुशील कोरालाइलाई मंगलबार भेटी भुटानका तर्फबाट ल्याएको सहयोग सामग्री प्रदान गर्नुका साथै नेपालको भुकम्पबाट मृत्युहुनेहरु प्रति समबेदना प्रकट गरे।
‘भुटान मौसुफ राजाका, सरकार र देशका तर्फबाट नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई भेटी समवेदना प्रकट गर्न पाएकोमा खुसी छु,’ उनले टुइट गरेका छन्।
उनले भुटानले सक्ने कुनै पनि सहयोग गर्न उनको सरकार तयार रहेको पनि बताएका छन्।