असार मसान्त भित्र दोस्रो संविधानसभाले नयाँ संविधान जारी गराउन एमाले लागि परेको एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले बताइन्।
शुक्रबार नेकपा एमाले पथरीशनिश्चरे नगरकमिटी मोरङको पथरीमा आयोजना गरेको पहिलो अधिबेशनलाई सम्बोधन गर्दै भण्डारीले यस्तो कुरा बताएकी हुन्।
एमाले जसरी भएपनि असार मसान्त भित्र संविधान जारी गर्ने पक्षमा लागिपरेको छ। तर सत्ता साझेदार कांग्रेस यस कार्यमा ढिलाई गरिरहेको उनले आरोप लगाइन्। सत्ताको नेतृत्व गरिरहन र महाधिवेशनको बहानामा कांग्रेसले नै असार मसान्त भित्र संविधान जारी गर्न आलटाल गरिरहेको उनको आरोप थियो।
यस्तै संविधान निर्माण प्रक्रियामा एमाओवादीले हलो अड्काएर गोरू कुट्ने काम मात्र गरेकाले संविधान निर्माणमा सहमति नभए शान्ति र विकासको पक्षमा दुई तिहाई बहुमतको आधारमा एमालेले संविधान जारी गर्ने उनले बताइन्।