विषेश अदालतले राज्य विरुद्धको अपराध मुद्दा खेपिरहेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई सफाई दिएको छ।
विषेशका अध्यक्ष न्यायाधीश मोहन रमण भट्टराई,सदस्य न्यायाधीशहरु पवन शर्मा र महेश प्रसाद पुडासैनिको इजलासले उनलाई विहिबार सफाइ दिएको हो।
नेपालबाट तराईलाई स्वतन्त्र बनाउनुपर्ने अभियान चलाएका राउत विरुद्ध नेपाल सरकारले असोज २२ गते राज्य विरुद्धको अपराध अन्तर्गत मुद्दा दायर गरेको थियो।
पहिलो सुनुवाईमा विषेशले उनीसंग ५० हजार धरौटी माग गरेको थियो।
राउत ५० हजार धरौटी बुझाएर रिहा समेत भएका थिए।
विहिबार विषेशले उनी विरुद्ध नेपाल सरकारले लगाएको आरोपको प्रमाण पुग्न नसकेको भन्दै सफाइ दिने फैसला सुनाएको रजिष्ट्रार नानीबाबु लामिछानेले सेतोपाटीलाई जानकारी दिए।
तराईलाई छुट्टै राज्य बनाउनुपर्ने अभियान चलाएका राउतलाई प्रहरीले मोरङ्को रंगेलीबाट भदौ २८ गते पक्राउ गरेको थियो।