विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले उपत्यकालाई प्लास्टिक झोला मुक्त बनाउने कार्यमा सघाउँदै वातावरण र मानवस्वास्थ्यको रक्षा गर्न सबैमा पुनः आव्हान गरेको छ ।
मन्त्राललयका प्रवक्ताले आज जारी गर्नुभएको विज्ञप्तिमा सफा, स्वच्छ, हराभरा र सुन्दर काठमाडौँ बनाउन सम्पूर्ण उपत्यकावासी महानुभाव, नागरिक समाज र सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
सरकारले यही वैशाख १ गतेदेखि प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरी कार्यान्वयन गरिरहेको छ । यसीचमा केही व्यक्तिले सो सूचनाको प्रतिकूल हुने गरी समाजमा भ्रम फैलाउने उद्देश्यले गलत प्रचार गरेको बुझिएकोले यस्तो भ्रामक प्रचार नगर्न नगराउन र सम्बन्धितलाई सचेत गराउँदै भ्रमका पछाडि नलाग्न सरकारले आग्रह गरेको हो ।
उपत्यकामा प्लास्टिक झोलाको विक्री, वितरण, उपयोग र भण्डारण गरेमो रु. ५० हजार सम्म दण्ड जरिवाना हुने कानुनी प्रावधान रहेको मन्त्रालयले जनाएको छ ।