संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नवनिर्वाचित सभासद् चम्पा खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकाछन्।
संविधानसभा सचिवालय सिंहदरबारमा आज आयोजित एक कार्यक्रममा सभाध्यक्ष नेम्वाङले उनलाई सो शपथ खुवाउनुभएको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए।
संविधानसभा उपनिर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं १बाट चैत २८ गते नेपाली काँग्रेसका तर्फबाट खड्का संविधानसभा सदस्य पदमा निर्वाचित भएकी थिइन्।
सो समारोहमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, सभासद् खड्काको परिवारजनलगायतको उपस्थिति रहेको थियो।
पद तथा गोपनीयताको शपथपछि सभासद् खड्काले संविधान निर्माण प्रक्रियालाई पूर्णता दिन आफूले सकेको सहयोग गर्ने र आफ्ना पति हरिबहादुर खड्काको सपना पूरा गर्ने संक्षिप्त प्रतिक्रिया दिए।
सवारी दुर्घटनामा हरिबहादुर खड्काको निधन भएपछि सो पद रिक्त भएको थियो। रासस