बुधबार दिल्लीको मेदान्त अस्पतालमा निधन भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको राजकिय सम्मान सहित शुक्रबार साँझ पशुपती आर्यघाटमा अन्त्येष्टि गरियो। उनको पार्थिव शरीरलाई भारतीय सेनाको विषेश विमानद्वारा विहिबार काठमाडौं ल्याइएको थियो।
विहिबार उनको निवास मालीगाउँमा राखिएको थापाको पार्थिव शरीरलाई शुक्रबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा श्रद्धाञ्जली दिन राखिएको थियो।
शुक्रबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म दशरथ रंगशालामा राखिएको थापाको पार्थिव शरीरमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा अोली, एमाअोवादी अध्यक्ष पुष्पकमल दाहाल लगाएत उच्च पदस्थ सरकारी र सर्वसाधारणले उनलाई श्रद्धाञ्जली दिएका थिए।
दिउँसो ४ बजेपछि दशरथ रंगशालाबाट शुरु भएको थापाको शवयात्रा हजारौं मानिस सहभागी भए। ५ पटकसम्म नेपालको प्रधानमन्त्री बनेका थापाको राजकिय सम्मान सहित शुक्रबार साँझ पशुपती आर्यघाटमा अन्त्येष्टि गरियो। थापाको चितामा उनका छोरा, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले दागबत्ति दिएका थिए।










.jpg)














पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदै । थापाको पार्थिव शरीरमा उहाँका छोरा एवम् वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले दागबत्ति दिनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस ।