८८ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका वरिष्ठ राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर बिहीबार काठमाडौं ल्याउने तैयारी भैरेहको छ।
थापाले गत चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाएका थिए । उनी चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । थापाले शुक्रबार मेदान्त अस्पतालका वरिष्ठ सर्जन आदर्श चौधरीले नेतृत्व आन्द्राको सफल सल्यक्रिया भएको थियो।
डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तर, बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि भेन्टिलेटरमा राखिएको थियो।
मेदान्त अस्पतालमा भर्ना गरिएका थापाको बुधबार राति १०: ४४ बजे मेदान्त अस्पतालमा निधन भएको राप्रपा नेपालका सहप्रवक्ता किरण गिरीले बताए।
थापाको पार्थिव शरीर विहीबार अपरान्ह काठमाडौं ल्याईने भएको गिरीले बताए।
धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए ।
झण्डै ६ दशकदेखि नेपाली राजनीतिमा सकृय भएका थापा दोस्रो संविधानसभाका सबै भन्दा ज्येष्ठ सदस्य पनि थिए।
२०३७ सालमा जनमतसंग्रहताका प्रधानमन्त्री रहेका थापालाई पन्चायती व्यवस्था जिताउन साम, दाम, दण्ड, भेद प्रयोग गरेको आरोप लाग्ने गरेको थियो। तर, बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछि बहुदलवादी दलहरुकै सहयोगमा उनी प्रधानमन्त्री बनेका थिए।
थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन् । उनी बाबुलार्इ लिएर उपचारका लागि दिल्ली गएका थिए । यसैबीच वरिष्ठ नेताको निधनको शोकमा परेको राप्रपाले बिहीबार बिहान पार्टीको बैठक बोलाएको छ ।