इजरायलका पूर्व प्रधानमन्त्री भ्रष्टाचारमा दोषी ठहर भएको यहाँका सञ्चारमाध्यमरुले जनाएका छन् ।
इजरायली पूर्व प्रधानमन्त्री इहुद अल्मर्टलाई जेरुसेलमको एक अदालतले भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको समाचारमा जनाइएको हो ।
प्रधानमन्त्री पदमा रहँदा ठूलोमात्रामा रकम स्वीकार गरी भ्रष्टाचार गरेको भनी उनमाथि परेको मुद्दामा जेरुसेलमको एक अदालतले सो मुद्दामा उनलाई दोषी ठहर गरेको हो । अदालतले सो फैसला सोमबार सुनाएको हो । उनले सो भ्रष्टाचारको मुद्दा अस्वीकार गर्दै अाएका थिए।
उनलाई सो मुद्दामा यसअघि सफाइ नदिइए पनि केही जरिवाना गरेर छोडिएको थियो। तर पछि सोही मुद्दामा गरिएको थप अनुसन्धानका क्रममा उनी दोषी पाइएको समाचारमा जनाइएको छ।
उनलाई एकजना अमेरिकी व्यापारीसँग ठूलो रकम घुस लिएको आरोपमा मुद्दा लगाइएको थियो । उक्त मुद्दामा उनलाई करिब छ वर्ष थुनामा राखिएको थियो ।
उनलाई के कति जेल सजाय हुन्छ भन्नेबारेमा भने सुनाइएको छैन। रासस/एएफपी