तीस दलिय मोर्चाले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गरेकेा छ। पहिचान सहितको संघीयता र संघीयता सहितको सविधान निर्माणको
मोर्चाद्वारा प्रशासन कार्यालय पर्सा घेराउ
तीस दलीय मोर्चाले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गरेको छ। पहिचानसहितको संघीयता र संघीयतासहितको सविधान निर्माणको माग गर्दै मोर्चाले २ घन्टासम्म कार्यालय घेराउ गरेको हो।
जिल्लाका मोर्चा आबद्ध दलका नेता तथा कार्यकताले जिल्ला प्रशासन कार्यालयको मुल गेटअगाडि धर्ना दिँदै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। फोरम नेपालका जिल्ला अध्यक्ष एवं मोर्चाका जिल्ला संयोजक प्रदीप यादवको नेतृत्वमा भएको घेराउ कार्यक्रममा मोर्चाका नेता कार्यकर्ताहरूले बिहान १० बजेदेखि १२ बजेसम्म दुई घन्टा जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन्।
अवरोधका कारण कार्यालयको सम्पूर्ण काम केहीबेर प्रभावित भएको थियो। सेवा लिन आएका सेवाग्राहीहरू कार्यालय पस्न खोज्दा मोर्चाका कार्यकताहरूले धर्ना अवधिभर कार्यालय प्रवेशमा रोक लगाएपछि कामकारबाही प्रभावित भएको स्थानीयले बताए। धर्ना कार्यक्रमलाई समापन गर्दै मोर्चाका जिल्ला संयोजक एवं फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवले कांग्रेस र एमालेले परिर्वतनकारी सविधान निर्माण गर्न नचाहेको आरोप लगाए।
उनले कांग्रेस र एमालले संघीयता पक्षधरविरुद्ध षड्यन्त्र गरी सविधान नै निर्माण गर्न नचाहेको आरोपसमेत लगाए। अध्यक्ष यादवले वर्तमान सरकारले परिर्वतनको मुद्दालाई स्थापित गर्न नचाहेको समेत बताउँदै पहिचान र अधिकारबिनाको सविधान आफूहरूलाई कुनै पनि हालतमा मान्य नहुने ठोकुवासमेत गरेका थिए।
मंाग गर्दै मोर्चाले २ घण्टा कार्यालय सम्म घेराउ गरेको हो। जिल्लाका मोर्चा आबद्ध दलकानेता तथा कार्यकताहरुले जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडी धर्ना दिदै सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए। फोरम नेपालका जिल्ला अध्यक्ष एव मोर्चाका जिल्ला संयोजक प्रदीप यादवको नेतृत्वमा भएको घेराउ कार्यक्रममा मोर्चाका नेता कार्यकर्ताहरुले विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन। अवरोधका कारण कार्यालयको सम्पुर्ण कामहरु केही वेर प्रभावित भएको थियो। सेवा लिन आएका सेवाग्राहीहरु कार्यालय पश्नखोज्दा मोर्चाका कार्यकताहरुले धर्ना अवधिभर कार्यालय प्रवेशमा रोक लगाए पछि कामकार्यवाही प्रभावित भएको स्थानियहरुले बताए। धर्ना कार्यक्रमलाई समापन गर्दै मोर्चाका जिल्ला संयोजक एव फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवले काग्रेस र एमालले परिर्वतनकारी सविधान निर्माण गर्न नचाहेको आरोप लगाए। उनले कांग्रेस र एमालले संघीयता पक्षधर विरुद्ध षडयन्त्र गरी सविधान नै निर्माण गर्न नचाहेको आरोप समेत लगाए। अध्यक्ष यादवले वर्तमान सरकारले परिर्वतनको मुद्दालाई स्थागत गर्न नचाहेको समेत बताउदै पहिचान र अधिकार विनाको सविधान आफुहरुलाइ कुनैपनि हालतमा मान्य नहुने ठोकुवा समेत गरेका थिए।