अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा संवैधानिक परिषदले सिफारिस गरेका पाँचै प्रस्तावित आयुक्तहरूलाई नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ।
आइतबार र सोमबार सुनुवाई गरी प्रस्तावित आयुक्तहरू दीप बस्नेत, नवीन घिमिरे, गणेशराज जोशी, राजनारायण पाठक र सावित्री गुरुङलाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सचिव ध्रुव घिमिरेले बताए।
लामो समयदेखि पदपूर्ति हुन नसक्दा प्रमुख आयुक्त लोकमानसिंह कार्की र केशव बराल मात्रै रहेको आयोगमा थप पाँच आयुक्तहरूको नियुक्तिपछि आयोगले पूर्णता पाउने भएको छ।
संसदीय समितिले अनुमोदन गरेपछि आयोगका पदाधिकारीहरूलाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने छन्।