फाइल तस्विर
राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक सोमबारदेखि तीन दिनसम्म बिराटनगरमा चल्दैछ। बैठक पार्टी स्थापना भएपछि पहिलोपटक राजधानी बाहिर बस्न लागेको हो।
बैठकमा सहभागी हुन अध्यक्ष कमल थापा लगायत पार्टीका सबैजसो नेताहरु आइतबार अबेरसम्म बिराटनगर आईपुगेका छन्।
बैठकमा संविधान निर्माणमा देखिएको अबरोध, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, भावी कार्यक्रम लगायत महत्त्वपूर्ण बिषयमा गम्भीर छलफल हुने राप्रपा नेपालका सह-प्रवक्ता मोहन श्रेष्ठले बताए।
बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीति र भाबी कार्यदिशा, महामन्त्री चन्द्रबहादुर गुरुङले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष उद्दव पौडेलले आर्थिक प्रतिवेदन, उपाध्यक्ष डा.धवल राणाले संगठन निर्माण सम्बन्धि कार्ययोजना, अञ्चल संयोजक र भातृ संगठनका प्रमुखहरुले प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
बैठकमा महत्त्वपूर्ण विधेयकहरु अलपत्र परिरहेको, शान्ति सुरक्षा, महंगी, बलात्कार र जनसरोकारका विषय गम्भीर बन्दै गएकाले ब्यवस्थापिका संसदको हिँउदे अधिवेशन तुरुन्त आब्हान गर्न माग गर्नेछ । बैठकले चिकित्सा क्षेत्रको समग्र सुधारका लागि डा. गोविन्द के.सीको अनशनमा नैतिक समर्थन गर्नेछ ।
चैत १८ गतेसम्म चल्ने बैठकले वार्ता प्रकृया अघि बढिरहेको राप्रपासँगको एकताबारे गम्भीर छलफल गर्ने, एकताको सकारात्मक र नकारात्मक पक्षबारे समिक्षा गर्ने र राप्रपा लगायत देशभक्त राष्ट्रवादीहरुका बिच मोर्चा, कार्यगत एकता वा एकीकरण प्रकृया अघि बढाउने गरि निर्णय गर्ने तयारी गरेको छ ।