श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाका एक जना भाइको बञ्चरो प्रहार गरी हत्या गरिएको छ। बिहिबार प्रियन्था सिरिसेनामाथि व्यक्तिगत रिसइबीका कारण एक ब्यक्तिले बञ्चरोले प्रहार गरेका थिए। घाइते उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनको शनिबार मृत्यु भएको हो।
सिरिसेनाका १२ जना दिदीभाइमा प्रियन्था सबैभन्दा कान्छा हुन। राष्ट्रपति सिरिसेना अहिले चीनको औपचारिक भ्रमणमा छन्।