एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले सातदिनदेखि अनसनरत डा. गोविन्द केसीको अनसनप्रति ऐक्यवद्धता जनाएका छन्।
शनिबार बिहान डा. भट्टरार्इ शिक्षण अस्पताल पुगेर केसीले राखेका मागहरू जायज भएको बताएका छन्।
शिक्षण अस्पताल पुगेर डा.केसीलाई भेटपछि भट्टरार्इले आगन्तुक पुस्तिमामा लेख्दै भने ‘डा. गोविन्द केसीले उठाउनुभएको मगहरूप्रति पूर्ण समर्थन र ऐक्यवद्दता जनाउँदै सरकारले उक्त मागहरू तुरून्त सम्बोधन गरोस् र डा. केसीको जीवन रक्षा होस् भन्ने दृढ प्रतिवद्धता तथा माग गर्दछु।’
गत आइतबारदेखि विभिन्न १० वटा माग राखेर डा. केसी अनसनमा छन् । उनको स्वास्थ्यस्थिति कमजोर हुँदै गएको छ ।
डा. केसीको अनशनमा समर्थन जनाउन एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि शिक्षण अस्पताल पुगेर डा.केसीलाई भेट्ने भएका छन्।